मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    गोजुरियो कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ३१ भदौ

    पाँचौँ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा भाग लिन १६ सदस्यीय नेपाली टोली आज मलेसियातर्फ प्रथान गरेको छ । अगामी असोज २ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाई सङ्घका अध्यक्ष विदुर कुँवरले बिदाइ गर्नुभयो ।

    प्रतियोगितामा नेपालका सुमन तिमिल्सिनाले सिनियर कातामा, राजु पौडेलले भेट्रान कुमुतेमा, दीपेश अधिकारीले ५० किलो तौल समूहको कुमुतेमा, निरज घिमिरेले ४५ किलो, नीता तामाङले ५५, सुरज तामाङले ६५, सरोज कार्कीले ७५, सरलराज तामाङले ५५, करुणा कामीले ५०, आरती गुरुङले ५५ तथा सुमिना थापा मगरले ५० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

    टोलीमा रोहित क्षत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठसमेत सहभागी छन् । प्रशिक्षकका रुपमा सुमन तिमल्सिना मलेसिया प्रस्थान गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast