बुधबार, कार्तिक २७, २०७६
    सार्क

    जन्मदिनमा प्रधानमन्त्री मोदीले आमालाई भेटेर खाए सँगै खाना

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    गान्धीनगर, ३१ भदौ । 

    प्रधानमन्त्री नरेन्द्र मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन् । मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगरस्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद लिएका हुन् । 

    प्रधानमन्त्री मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् । उनले झण्डै आधा घण्टासम्म आमाका साथ बिताएका थिए । त्यसअघि उनले सरदार सरोवर ड्यामको भ्रमण र केवडियामा र्यालीलाई सम्बोधन गरेका थिए । यसअघि लोकसभा चुनावमा लगातार दोस्रो पटक बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले शपथ ग्रहणअघि आमासँग आशिर्वाद लिएका थिए । 

    प्रधानमन्त्री मोदी सोमबार राति गृहराज्य गुजरात पुगेका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी मंगलबार बिहान आमा हीरा बेनसँगको भेट तय गरिएको थियो । त्यसपछि मात्रै मोदी सरदार सरोवर ड्यामको भ्रमण गर्ने र र्यालीलाई सम्बोधन गर्ने भनिएको थियो । तर पछि प्रधानमन्त्री मोदीको कार्यक्रम परिवर्तन भएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast