शुक्रबार, मंसिर २७, २०७६
    प्रेरक प्रसँग

    जीवन सार्थक बनाउने चाणक्यका ७ जीवनोपयोगी वचन

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडाै, ३१ भदाै ।

    कौटिल्य नहुँदो हो त राजा चन्द्रगुप्त मौर्य यति सफल हुँदैनथे, जति उनको ख्याती छ । कौटिल्य अरु कोही होइनन्, चाणक्यको दोस्रो नाम हो । चाणक्यको रीति-नीति र धर्म सम्बन्धी व्याख्या यति गहिरो र अचुक छ कि, जसले हर-कोहीलाई जीवन जिउने सही बाटो देखाइदिन्छ ।

    बर्तमानलाई श्रेष्ठ बनाउनुहोस्

    चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै तुक छैन । यदि बितेका दिनमा कुनै गल्ती भए त्यसबाट पाठ सिकेर वर्तमानलाई श्रेष्ठ बनाउने प्रयास गर्नुपर्छ ।

    त्यो धनमा लोभ नगरौं

    जुन धन असाध्यै कठिनतासथ प्राप्त हुन्छ, जसका लागि आफ्नो धर्म त्याग्नुपर्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा मोह गर्नुहुँदैन ।

    यदि कुनै काम आरम्भ गर्ने हो भने

    यदि कुनै काम आरम्भ गर्ने हो भने तीन वटा कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो कुरा, तिमी के गर्न चाहन्छौं ? दोस्रो, त्यस कामको नतिजा के हुनसक्छ ? तेस्रो, के यसबाट तपाईंलाई सफलता मिल्छ ?

    सजग हुनु

    सर्प यदि विषालु छैन भने पनि त्यसले डर देखाउँछ । किनभने यदि उसले आफु स्वयम्लाई विषहिन शिद्ध गरेमा उनको प्राण संकटमा पर्छ । यसैगरी कुनैपनि व्यक्तिलाई नोक्सान हुने काम गर्नु हुँदैन । यद्यपि कसैले आफुलाई कमजोर सम्झेर आफुमाथि हावी हुने कोशिश गरेमा उसलाई महसुष गराउनुपर्छ कि, म कमजोर छैन । म आफुप्रति सजग छु भन्ने कुरा दर्शाउनुपर्छ ।

    असल गुण

    कुनै वस्तुको सुगन्ध फैलाउनका लागि चिसो बयरको जरुरत हुन्छ, त्यसैगरी व्यक्तिको गुण वा योग्यतालाई पनि मुखले भनिरहनु आवश्यक्ता छैन । यो स्वतः प्रसारित हुन्छ सुगन्ध जस्तै । जसरी सुगन्धलाई दबाएर राख्न सकिदैन त्यसैगरी राम्रो गुण पनि दबाएर राख्न सकिदैन ।

    खराब मित्र

    जो मित्र आफ्नो अगाडि मिठो कुरा गर्छ तर आफ्नो पछाडि भने कुरा काट्न थाल्छ, त्यस्तो मित्र त्याग्नुपर्छ ।

    कमजोर चरित्रका साथी  

    आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन । किनभने उनले तपाईंमाथि त्यसबेला आक्रमण गर्न सक्छ, जतिबेला तपाईं कमजोर हुनुहुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast