मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    नर्सिङ पढ्दै गरेकी छात्रा होस्टलमै झुण्डिएकाे अवस्थामा भटिइन्

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    धरान, ३१ भदाै ।

    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक छात्रा होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

    बिएससी नर्सिङ पहिलो वर्षमा अध्ययनरत १९ वर्षीय अञ्जना देव मंगलबार आफू बस्ने होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्  । हत्या हो या आत्महत्या त्यस बिषयमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।  

    प्रहरीका अनुसार मृतक अञ्जनाको रुम पार्टनरको मंगलबार बिहान डिउटी परेका कारण होस्टल कोठामा उनी मात्रै थिइन् । बिहान कलेजका लागि अञ्जना साढे ७ बजेतिर होस्टल कोठाबाट निस्केको तर पुनः कोठामै फर्किएकी थिइन् ।

    ‘रुम पार्टनर डिउटी सकेर आउँदा उनले ढोकामा पटकपटक ढकढक्याएकी थिइन् । तर ढोका खुलेन । ढोको नखुलेपछि उनले चेपबाट चिहाएर हेर्दा झुण्डिएको अवस्थामा देखिछन् । त्यसपछि सबैलाई गुहारिन् । कोठामा पछाडिपटिको ढोका खुला थियो । त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए’, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीले भने ।  

    अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको उनले जानकारी दिए । मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा नै राखिएको छ । उनका अभिभावक आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast