मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको चेतावनी

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ३१ भदौ ।

    लगातार वर्षा भइरहेकोले विभिन्न जिल्लाका नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने भएकोले मंगलबार र बुधबार उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिइएको छ ।

    कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको हो ।

    ‘कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा मंगलबार बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला’, महाशाखाले सूचना जारी गरेर भनेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast