बुधबार, कार्तिक ६, २०७६
    शेयर बजार

    अर्थमन्त्रीको अभिव्यक्तिले दुई घण्टामा २८ अंकले बढ्याे सेयर बजार

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदाै ।  

    अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजार बारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा एकाएक सुधार आएकाे छ ।

    खतिवडाले वित्तीय संस्थाहरूलाई सेयर बजारमा लगानी बढाउन  आग्रह गर्दै मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका थिए ।उनकाे यस्ताे अभिव्क्तिसँगै सेयर बजारमा दुई घण्टामा २८ अंकको सुधार आएकाे हाे ।

    यस्तै उनले बजारमा सूचीकृत कम्पनीहरुको नाफा बढेको, आर्थिक वृद्धि भइरहेको तथा राजनीतिक स्थायित्व भएकोले बजार सुधार हुनुपर्ने बताएका थिए।अर्थमन्त्री बजार प्रति नकारात्मक हुँदा बजार सुधार हुन नसकेको लगानीकर्ताले बताउँदै आएका थिए।

    बजार घट्नैपर्ने विशेष कारण नभए पनि लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा सुधार हुन सकेको थिएन्। बजार सुधारका लागि गर्नुपर्ने सबै काम भएको खतिवडाले बताएका थिए।

    कम्पनीहरुले लाभांस घोषणा गरेकै दिन दोस्रो बजारमा मूल्य घट्ने गरेको थियो। कुनै वेला अर्थमन्त्री खतिवडाले प्राथमिक बजारमा पनि शेयर बिक्री नहुने अवस्थामा सरकारले सोच्नुपर्ने बताएका थिए। उनले भनेजस्तै पछिल्लो केही समय जलविद्युत कम्पनीको प्राथमिक शेयर नै बिक्री हुन सकेको छैन।

    मंगलबार साढे दुई घण्टाको अवधिमा नेप्से सूचक २८ अंकले सुधार देखिएपनि कारोबार रकम भने १९ करोड रुपैयाँमै सीमित छ। म्युचुअल फण्ड बाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्। बजारमा एकाएक चमक आएपछि शेयर बिक्री गर्ने भन्दा खरिद गर्ने धेरै छन्। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast