सोमबार, असोज २७, २०७६
    सावधान

    बिहानै ४.५ रेक्टर स्केलको भूकम्प

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदाै ।

    मंगलबार बिहानै लमजुङ कन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प भएको छ । बिहान ९ बजेर ३५ मिनेटमा लमजुङको नौथरनजिकै केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए ।

    भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast