सोमबार, असोज २७, २०७६
    खेल संसार

    एएफसी यू–१६ : कुवेतसँगकाे छनोट खेलमा बराबरीमै राेकियाे नेपाल

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदाै ।

    कुवेतसँग एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल बराबरीमा रोकेको छ । सोमबार राति भएको खेलमा बलियो टोलीको रुपमा रहेको कुवेतसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

    जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि दिपेश राईले खेलको ७४ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    उता खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा रोके । यो बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली जोर्डानसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast