सोमबार, असोज २७, २०७६
    सावधान

    मध्यराति विप्लव कार्यालयमा प्रहरीकाे छापा, जिल्ला सेक्रेटरी र जनसरकार प्रमुख पक्राउ

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदाै ।

    प्रहरीले प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कार्यालयमा छापा मारेको छ । प्रहरीले हिजाे मध्यरातमा झापाकाे बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको गोप्य कार्यालयमा छापा हानेको हो ।

    प्रहरीले कार्यालयबाट विप्लवकै हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेज, पार्टी सर्कुलर, चन्दा संकलनका रसिद, आन्तरिक निर्णयका साथै दुई थान पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले विप्लव समूहविरुद्ध संयुक्त अपरेसन चलाएको हो । प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र, जिल्ला जनसरकार प्रमुख टीका पोखरेल र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई समेत पक्राउ गरेको छ ।

    प्रहरीले झापामा भएका विष्फोट पोखरेल र मिश्रकै योजनामा भएको दाबी गरेको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सरकारले गत फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो । प्रतिबन्धपछि मात्रै विप्लव समूहका ६ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुको साथबाट केही थान अत्याधुनिक हतियार समेत बरामद गरिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast