शुक्रबार, मंसिर २०, २०७६
    ओएमजी Omg!

    बसभित्रै बालिका बलात्कृत

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर
    फाइल तस्विर

    काठमाडौं, ३१ भदौ । 
    काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् । आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।

    वृत्तका डीएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए । ‘बसका चालकले दुवै बालिकालाई घर लगी परिवारका साथ सकुशल राखेको तर सहचालकले बसभित्र लगेर बलात्कार गरेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ बालाजु वृत्तका डीएसपी राणाले भने ।

    उनले एक अर्की बालिकामाथि भने सहचालक राईले अनैतिक क्रियाकलाप मात्रै गरेको अनुसन्धानबाट खुलेको जनाए । प्रहरीले पीडित बालिकाको उजुरीपछि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा एक जनामाथि मात्र करणी भएको देखिएको छ ।

    पीडित बालिकाहरूलाई मनमैजुस्थित शुभकामना चोकमा स्थानीयले सोमबार बिहानै भेटेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेर ती बालिकालाई जिम्मा लगाएका थिए । प्रहरीको सोधपुछका क्रममा एक बालिकाले आफूमाथि बसका सहचालकबाट जबर्जस्ती करणी भएको बताएकी थिइन् भने अर्की बालिकाले समेत आफूमाथि अनैतिक क्रियाकलाप भएको गुनासो गरेकी थिइन् ।
    पीडित दुवै बालिकाले प्रहरीलाई दिएको बयानअनुसार उनीहरू अघिल्लो दिन राति शुभकामना चोकमा हराएका थिए । सोही बखत बसका चालकले उनीहरूलाई घर पु¥याई परिवारका साथ खाना खुवाएर राखेका थिए । तर, सहचालक राईले भने दुवै बालिकालाई बसमा सुताउन भन्दै लगेका थिए । काठमाडौंमै बालिका बसभित्रै बलात्कृत हुने अवस्था आएपछि सार्वजनिक सवारीसाधनमा हु्ने सुरक्षाका विषयमा समेत प्रश्न उब्जिएको छ । राजधानीबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast