मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    प्रदेश नं– ५ को योजना आयोग अव आफ्नै संरचनामा सञ्चालन हुने

    सोमबार, ३० भाद्र २०७६, आहाखबर
    बुटवल, ३० भदौ
     
    प्रदेश नं– ५ को योजना आयोग अव आफ्नै संरचनामा सञ्चालन हुने भएको छ । आयोग यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो । 
     
    प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संशोधन आदेशलाई स्वीकृति प्रदान गरेपछि आयोगको आफ्नै संरचनामा सञ्चालनको बाटो खुलेको बैठकपछि सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
     
    मन्त्रिपरिषद्ले आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संशोधन आदेश स्वीकृति पश्चात अब आयोगको छुट्टै सचिवालय रहने र कर्मचारीको व्यवस्थापनसमेत आयोग आफैले गर्ने छ । बैठकले प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको पारिश्रमिक, सुविधा र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक २०७६ को मस्यौदा गर्नसमेत सैद्धान्तिक स्वीकृति प्रदान गरिएको समेत सरकारका प्रवक्ता चौधरीले जानकारी दिनुभयो । 
     
    प्रदेशसभाको चालु चौथो अधिवेशन छिट्टै नै अन्त्य गर्ने तयारी भएकाले सो विधेयक भने प्रदेशसभाको आगामी पाँचौ अधिवेशनमा मात्रै पेश हुने प्रवक्ता चौधरीले बताउनुभयो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast