सोमबार, कार्तिक ४, २०७६
    विज्ञान/प्रविधि

    मोयो–नियोविटको आधुनिक उपकरणको प्रयोग शुरु

    सोमबार, ३० भाद्र २०७६, आहाखबर

    धम्बोझी, ३० भदौ

    भेरी अस्पतालमा नवजात शिशु बचाउनका लागि गुणस्तरीय सेवाको बच्चाको मुटुको धड्कन नाप्ने यन्त्र (मोयो) तथा गर्भवस्थ शिशुको परीक्षण गर्ने ९नियोविट०को थालनी गरिएको छ । 

    शिशु मृत्युदर उच्च रहेपछि अस्पतालले शिशु मृत्युदर घटाउन अस्पतालले आजदेखि यो सेवा विस्तार गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभयो । 

    नेपालमा हरेक वर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन्  । करीब १३ हजार नवजात शिशु जन्मेको एक महीना नपुग्दै मर्ने गर्छन् । यी मृत्युमध्ये ५० प्रतिशत प्रशव अवधिमा हुने गर्छ । भेरी अस्पतालको तथ्याङ्कमा हजार शिशुमा २४ जना अस्पतालमा मृत्यु हुने गरेको डा अधिकारीको भनाइ छ ।

    बाँकेमा कम उमेरका आमाले जन्माएको शिशुको मृत्युदर बढ्दै गएको, कम समयमा कम तौलको बच्चा हुने कम उमेरमै आमाहरुले बच्चा जन्माउँदा रगत बढी बग्दा शिशु र आमाको मृत्यु बढी हुने जिल्लाहरुमा अभियान शुरु गरिएको मेडिकल अफिसर ईश्वरी केसीले बताउनुभयो । 

    यो उपकरण ग्य्राण्ड च्यालेन्जेस क्यानडा र ल्याडरल हेल्पिीङसेभ लाइभजको आर्थिक तथा प्राविधिक सहयोगमा प्राप्त भएको हो । 
    शिशु मृत्यु दर घटाउनको लागि यो सेवा शिशु स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने कार्यका लागि शिशु बचाउ अभियान गत वैशाखदेखि देशका आठ जिल्लाका एक÷एकवटा सरकारी अस्पतालमा लागू गरिएको छ । 

    धेरै प्रसूति हुने आधारमा कोशी अस्पताल, जनकपुर अञ्चल अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अञ्चल अस्पताल र डडेलधुरा अस्पतालमा शिशु बचाउ अभियानअन्तर्गत यो उपकरण प्रयोग हुने गरेको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast