बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    मिस एशिया प्यासिफिक इन्टरनेसनलकाे उपाधी प्रतिष्ठालाई

    सोमबार, ३० भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३० भदौ ।

    मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को उपाधि प्रतिष्ठा साखले जितेकी छिन् ।बौद्धस्थित हायात रिजेन्सी होटलमा संचालन भएको मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा प्रतिष्ठा साखःले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी हुन् ।

    प्रतियोगितामा आश्रा श्रेष्ठले ट्यालेन्ट अवार्ड सहित मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१९ को तजा पहिरिन् । यसैगरी प्रतियोगितामा अनिला लामाले मिस ग्लोबल ब्युटी क्वीन इन्टरनेसनल नेपाल २०१९ को उपाधिमा आफ्नो नाम दर्ता गरिन् ।

    तीनै जना ताजधारी सुन्दरीहरुले आ आफ्नो प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

    ग्रुप अफ इभेन्ट इन्टरटे्रनर्स, जिईईको आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए भने प्रतिस्पर्धीहरुको ग्रुमिङ र प्रशिक्षण रोजिन शाक्यले गरेका थिए ।

    प्रतियोगितामा सन्दिपा विष्टले वेष्ट फिगर तथा वेष्ट इन गाउनको उपाधि जितेका थिए भने राजश्री केसी पपुलर तथा फोटोजेनिक विधामा विजेता चयन भइन् ।

    प्रतियोगितामा आरजु जोशी प्रmेन्डशीप र श्रीजिता देउजा पर्सनालिटी विधाका हकदार छनौट भएका थिए । सो प्रतियोगिताका सहभागिहरु आईसी स्कूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर प्रतिस्पर्धाको मैदानमा देखिएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast