बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    ‘कबड्डी ३’ ले दियाे गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख सहयोग

    सोमबार, ३० भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३० भदाै ।

    ‘कबड्डी कबड्डी कबड्डी’को टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ ।

    आइतबार ‘कबड्डी ३’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस'लाई चेक हस्तान्तरण गरे । देशको गौरव आयोजनामा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी महसुस गरेको दयाहाङ, विल्सन र मणिरामले बताए । साथै, यो आयोजनामा सबैलाई सक्दो सहयोग गरिदिन पनि आग्रह गरे ।

    ‘कबड्डी ३’को यो सहयोगको लागि सितारामले कृतज्ञता व्यक्त गरे । उनले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान गरे । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रंगशालाको लागत ३ अर्व भन्दा माथि अनुमान गरिएको छ ।

    ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते रिलिज हुने भएकाे छ । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज नजिकिदै गर्दा प्रचारमा गति बढाएको छ । अघिल्ला दुई सृंखला सुपरहिट भएकै कारण ‘कबड्डी ३’ले पनि बक्सअफिसमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेको सिनेमाको ट्रेलर तथा गीतले हाइप सृजना गरिसकेका छन् ।

    जातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा दयाहाङ र विल्सनसँगै कर्मा शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast