मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    झापामा ३ महिनादेखि डेङ्गु नियन्त्रणमा आएन, २ जनाको मृत्यु, ५ सय विरामी

    सोमबार, ३० भाद्र २०७६, आहाखबर

    सुरुङ्गा, ३० भदाै ।

    झापामा डेङ्गु रोगका विरामीकाे संख्या बढ्दै गएकाे छ ।  ३ महिना अडाडि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।

    जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ ।

    डेङ्गु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भएपनि जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलको भनाइ छ ।

    डेङ्गुका कारण झापामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए ।

    झापामा डेङ्गु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेङ्गुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast