मंगलवार, कार्तिक ५, २०७६
    सावधान

    रुपन्देहीमा गोली हानी एकको हत्या, ५ लाख लुटपाट

    आईतवार, २९ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    भदौ २९, बुटवल । 

    रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

    कुर्मीको घटनास्थलमै मृत्यु भएको छ ।

    गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा थिए। मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast