शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    सुनको मूल्य लगातार ओरालो, कति छ आज ?

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २९ भदौ 

    दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सय भएको छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आइतबारका लागि प्रतितोला ४ सय घटाएर नयाँ मूल्य निर्धारण गरेको हो ।

    शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ७० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि घटेको । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।

    चाँदीमा प्रतितोला ३० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ८ सय ४० रुपैयाँ पुगेको हो ।

    नेपाली बजारमा सुन चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भएको परिवर्तनले सबैभन्दा ठुलो प्रभाव पार्छ । 

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार ओरालो लागेका कारण नेपाली बजारमा पनि कमी आएको हो ।अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १४ सय ८८अमेरिकी डलर छ । 

    नेपाली बजारमा किर्तिमानी मूल्य कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ४५ डलर सम्म पुगेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast