आईतवार, कार्तिक ३, २०७६
    स्कुल-कलेज

    किन कमजोर छन् एशियाका विश्वविद्यालयहरु ? नं १ मा अक्सफोर्ड

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २९ भदौ 

    जीवनका सबै क्षेत्रको नेतृत्व नै शिक्षाले गर्छ । अक्सफोर्ड, हार्भर्ड, कालटेक क्याम्ब्रिज ,स्ट्यान्डफोर्डजस्ता नाम र आधुनिक मन्दिर त्यसै विश्वविख्यात भएका होइनन् । यी शिक्षाका ती मन्दिर हुन् जहाँका विद्यार्थीले संसारलाई डोर्‍याउने काम गरेका छन् ।

    भर्खरै र्‍यान्किङ टाइम्स हायर एजुकेसन’ले विश्वका विश्वविधालयको २०२० को र्‍यान्किङ प्रकाशित गरेको छ । यस र्‍यान्किङमा इङ्ल्यान्डको ‘यूनिवर्सिटी अफ अक्सफोर्ड’ले पहिलो स्थान प्राप्त गरेको छ । विगत ४ वर्षले यो युनिवर्सिटीले पहिलो स्थान हासिल गर्दै आएको हो ।

    टप २५ भित्रका यूनिवर्सिटीमा एशिया महादेशका जम्मा तीनवटा विश्वविधालयले स्थान पाउन सकेका छन् ।

    झण्डै ४ दशमलभ ५४ अर्ब  मानिस बसोबास गर्ने, भनौँ विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या निवास गर्ने क्षेत्रबाट टप २५ मा जम्मा ३ वटा यूनिवर्सिटी परेका छन् ।  विश्वको कुल जनसँख्याको १७ प्रतिशत जनसंख्या भएको छिमेकी मुलुक भारतको कुनै पनि शैक्षिक संस्थान टप ३०० भित्र पनि नपर्नुले त्यहाँको शिक्षा स्तर प्रदर्शित गर्छ ।

    र्‍यान्किङ निर्धारणमा ९२ देशका १३९६ यूनिवर्सिटी संलग्न थिए । यूनिवर्सिटीको शैक्षिक स्तर र प्रदर्शन लगायत अन्य कैयौँ मापदण्डले टप यूनिवर्सिटीको लिस्ट तयार पारिएको हो । टप १५ मा इङ्ग्लैन्डका ४ र अमेरिकाका १० युनिभर्सिटी छन्।  स्विजरल्याण्डको ‘इटीएच ज्यूरिच’ले  १४ ओँ स्थान पाएको छ। १८ ओँ स्थानमा युनिवर्सिटी अफ टोरन्टो, क्यानाडा छ। २३ ओँ  र २४ ओँ नम्बरमा एशियाले प्रवेश गरेको छ। २३ ओँ नम्बर‍मा चीनको सिन्हुआ यूनिवर्सिटी (Tsinghua  University) र २४ ओँ नम्बरमा चीनकै पेकिङ युनिवर्सिटी छ ।

    सिंगापुरको ‘नेशनल युनिवर्सिटीअ अफ सिंगापुर’ले २५ औँ  स्थान पाएको छ । टप २५ भित्र २१  स्थान इङ्ल्यान्ड र अमेरिकाका युनिवर्सिटीले पाएका छन‍् ।

    जर्मनीको एलएमयू, म्यूनिख ३२ औँ स्थानमा, अस्ट्रेलियाको  ‘युनिवर्सिटी अफ मेलबर्न’ ३३ औँ स्थानमा छन् ।

    र्‍यान्किङ लिस्टमा भारतको प्रवेश भने ३१३ औँ स्थानमा भएको छ । ‘इन्डियन इन्स्टिट्यूट अफ साइन्स’ ले ३१३ औँ स्थान हासिल गरेको छ। यसैगरी ‘इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी’ ले ३१४ औँ स्थान’, बनारस हिन्दु यूनिवर्सिटी’ ले ६१३ औँ स्थान र भारतको बहुचर्चित ‘जवाहरलाल नेहरू यूनिवर्सिटी’ ले ६८० औँ स्थान पाएको छ।

    नेपालको ‘त्रिभुवन यूनिवर्सिटी’  को नाम यस लिस्टमा १३६० औँ नम्बरमा छ । जम्मा १३९६ युनिवर्सिटी समावेश रहेको यस र्‍यान्किङ लिस्टमा ५६ पेज छन्, नेपालको त्रिभुवन युनिवर्सिटीको नाम ५५ औँ पेजको मध्यमा छ ।

    र्‍यान्किङ टाइम्स हायर एजुकेसनले जानकारी गराएअनुसार त्रिभुवन यूनिवर्सिटी अन्तर्गत विद्यार्थी संख्या ४ लाख, १८ हजार ५३ छ। यस युनिवर्सिटीमा प्रतिप्राध्यापक विद्यार्थी संख्या ३६ छ।इन्टरनेश्नल स्टूडेन्ट संख्या जिरो प्रतिशत  छ। महिला र  पुरुष विद्यार्थीको अनुपात ४५/५५ रहेको छ।

     

    विश्वका टप १५ युनिवर्सिटी यस बमोजिम छन् –
    १- यूनिवर्सिटी अफ अक्सफोर्ड- इङ्ग्लैंड
    २- क्यालिफोर्निया इन्स्टिट्यूट अफ टेक्नोलोजी- अमेरिका
    ३- यूनिवर्सिटी अफ़ क्याम्ब्रिज- इङ्ग्लैंड
    ४- स्ट्यान्डफोर्ड यूनिवर्सिटी- अमेरिका
    ५- म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी,अमेरिका
    ६- प्रिंसटन यूनिवर्सिटी,अमेरिका
    ७- हावर्ड यूनिवर्सिटी- अमेरिका
    ८- येल यूनिवर्सिटी- अमेरिका
    ९- यूनिवर्सिटी अफ शिकागो- अमेरिका
    १०- इम्पीरियल कलेज अफ लण्डन, इङ्ग्लैंड
    ११- यूनिवर्सिटी अफ पेन्सलभानिया, अमेरिका
    १२-जन हपकिन्स  यूनिवर्सिटी- अमेरिका
    १३- यूनिवर्सिटी अफ क्यालिफोर्निया, बर्कले- अमेरिका
    १४- इटीएच ज्यूरिच- स्विजटरल्याण्ड
    १५- यूसिएल – इङ्ल्यान्ड

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast