मंगलवार, कार्तिक ५, २०७६
    मुभी-थिएटर

    चिनियाँ वक्सअफिसमा फ्लप भयाे रजनीकान्त-अक्षय कुमारकाे फिल्म २.०

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, २९ भदाै । 

    चिनियाँ वक्सअफिसमा बलिउड फिल्म २.० फ्लप भएकाे छ । साउथ सुपरस्टार रजनीकान्त तथा अक्षय कुमारकाे फिल्म २.० चीनमा ६ सेप्टेम्बरमा रिलिज भएको थियाे ।

    चीनमा यस सिनेमाले पहिलो सातामा केवल २२ करोड भारू मात्र कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

    एस शंकर निर्देशित साईफाइ सिनेमाले भारतमा भने हिन्दी, तमिल तथा तेलगु तीनै संस्करणमा शानदार कारोबार गरेको थियो।

    यसअघि चीनमा रिलिज भएको 'बाहुबली २' द कन्क्लुजनुको पनि असफल भएको थियो। उसले केबल ५२ करोड भारू मात्र कमाउन सकेको थियो।

    'जति कमाउने अपेक्षा गरिएको थियो, त्यसमा सिनेमा असफल भएको छ। भारतमा उत्कृष्ट प्रदर्शनका बाबजुद दुबै सिनेमा चीनमा असफल रहे। चिनियाँ दर्शकले यी सिनेमाको कथामा आफूलाई जोड्न सकेनन्', बलिउड व्यापार विश्लेषक गिरीश जौहरले भने, 'दुबै सिनेमाको वक्सअफिसमा सुरूवात राम्रो थियो। यसबाट दर्शकमा सिनेमालाई लिएर दर्शकमा उत्सुक्ता थियो भन्ने सावित हुन्छ तर यसका बाबजुत दर्शकमा रूचि कम भयो किनकी यसको कथासँग चिनियाँ दर्शकले आफूलाई जोड्न सकेनन्।'

    २.०ले हिन्दीमा मात्र १ सय ८८ करोड भारूको ग्रस कमाइ गरेको थियो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast