मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    शिविरमा दुई सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २९ भदौ । 
    काठमाडौँ कम्युनिष्ट हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर र दक्षिण बाराही समाज सुधार समितिले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा दुई सय जनाले  लाभ लिएका छन् । शनिबार बिहान आठ बजेदेखि दिउँसो दुई बजेसम्म संचालित शिविरमा निःशुल्क परामर्श दिइएको थियो । 

    डाक्टर परामर्श, जनरल मेडिसिन, महिला तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, मधुमेह रोग, क्यान्सर रोग, ब्लडसुगर र ब्लडप्रेसर तथा महिलाको पाठेघर क्यान्सर सम्बन्धि जाँच निःशुल्क गरिएको स्वास्थ्यकर्मी राजकुमार गौतमले जानकारी दिनुभयो ।  इसिजीमा ५०, एक्सरेमा २५, ल्याव र भिडियो एक्सरेमा १५र१५ तथा औषधिमा सात प्रतिशत छुट दिइएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast