मंगलवार, कार्तिक ५, २०७६
    बिदेश

    ड्रोन आक्रमणले साउदी अरबका २ तेल प्रशाेधन केन्द्र जलेर नष्ट

    शनिबार, २८ भाद्र २०७६, आहाखबर

    रियाद, २८ भदाै ।

    साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको छ । शनिबार बिहानै उक्त ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

    साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ ।

    सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।  तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो । 

    स्थानीय समयानुसार  बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast