काठमाडौं, २८ भदाै ।
मानिसले भाेक लाग्दा खाना खान्छ अथा अन्न खान्छ तर, भारतमा एक अनाैठा मानिस भेटीएका छन् । जसले भाेक लाग्दा खानामा अन्न हाेइन सिसा खान्छन् ।
तिँ मानिले भोक लागेको समयमा काँचका सिसा खान्छन् । यी मानिसले खानामा चामल, रोटी, फलफूल खाने गरेका छैनन् । भारतीय मिडिया आजतकका अनुसार, उनले आज भन्दा करिब ४५ वर्ष पहिले देखि नै सिसाखाँदै आएका हुन् ।
भारतको मध्य प्रदेशको डिन्डोरीमा बस्ने दयाराम साहुले करिब ४५ वर्ष अघि देखि नै काँच खाँदै आएका हुन् । उनी एक वकिल समेत हुन् । आफ्नो यो अनौठो बानीबारे उनी भन्छन्, यो मेरो लत नै भैसकेको छ, यसकै कारण मेरो दाँत पनि बिग्रिसकेको छ ।’
उनले मानिसलाई यस्तो बानीबाट बच्न सल्लाह दिएका छन् । उनले भनेका छन्, ‘म मानिसलाई भन्न चाहन्छु कि, तपाईंहरु कसैले पनि यस्तो बानी नबसाल्नुहोस, किनकी यो तपाईको शरिरका लागि खतरनाक हुन सक्छ ।’
उनले आफुले सिसाखाने बानी छोड्न चाहेको समेत बताएका छन् । उनका अनुसार, उनलाई कँच खानका लागि १४÷१५ वर्षको एक मानिसले सिकाएका हुन् । उनले भनेका छन्, ‘मैले पहिले एक दिनम एक किलो काँच चपाउँथें, जसका कारण मेरो दात कमजोर भएको छ ।’
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com