बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    ड्रीम गर्ल बन्याे रेकर्ड ब्रेकर, पहिलो दिनमै कमायो १० करोड

    शनिबार, २८ भाद्र २०७६, आहाखबर

    नयाँ दिल्ली, २८ भदाै ।

    बलिउड चलचित्र ‘ड्रीम गर्ल’ एकदमै राम्राे शुरुवात गरेकाे छ । आयुष्मान खुराना र नुशरत भरूचाको बहुप्रतिक्षित चलचित्र ‘ड्रीम गर्ल’ले पहिलाे दिनमै १०.५ कराेड कमाइ गरेकाे छ । 

    चलचित्रको ट्रेलर तथा प्रोमो देखेपछि यस चलचित्र निकै नै चर्चाको विषय बनेको थियो । यो चलचित्र शुक्रवार प्रदर्शनमा आएको हो । राज शान्डियल्यको निर्देशनमा बनेको यो चलचित्रले अहिले दर्शकलाई निकै कै जमाइरहेको छ । 

    ट्रेड विश्लेषक तरण आदर्शका अनुसार, आयुष्मान खुरानाको चलचित्र ड्रीम गर्लले रिलिजको पहिलो दिन नै १०.५ करोड कमाएको हो । यससँगै आयुष्मानको यो चलचित्रले आफ्नै चलचित्रको रेकर्ड तोडेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast