मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    नेपाल नर्सिङ काउन्सिलको निर्वाचनः प्रगतिशिल समूह बढी आशावादी

    शनिबार, २८ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २८ भदौ । 
    नेपाल नर्सिङ काउन्सिलको बोर्ड निर्वाचन आइतबार हुने भएको छ । ३ जना सदस्य पदका लागि ८ जना नर्सले उम्मेद्धारी दिएका छन् ।  उम्मेद्धारी दिनेहरुमा तुलसादेवी अधिकारी, प्रा. डा. तारा शाह, कृष्णकुमारी पौडेल, सीता कार्की, सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा र रीना श्रेष्ठ छन् । 

     

    तुलसादेवी अधिकारी नेतृत्वको प्रगतिशिल समूह विजय हुने निश्चित रहेको अधिकारीले बताइन । नेपालको संविधानले निर्दृष्ट गरेअनुसार नेपाल नर्सिङ परिषद्को नीति तथा कार्यक्रम संघीय संरचनामा रुपान्तरण गर्न र संघ तथा प्रदेशमा परिषद्को कार्यालय स्थापना गर्ने योजनासहित निर्वाचनमा होमिएको अधिकारीले बताइन । 
     

    आजसम्म परिषद्मा भए गरेका काम प्रभावकारी नभएको र सम्पूर्ण नर्सहरुको हक, हित स्थापित गर्न आफ्नो समूहले निकै प्रभावकारी भूमिका खेल्न सक्ने उनको दावी छ । 
     

    यसअघि नेपाल नर्सिङ एशोसियनस (नान्) को चुनावको समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गर्दथ्यो । हाल नर्सिङ संघमा आवद्ध नर्सले मात्र मतदान गर्न पाउने व्यवस्था छ । काउन्सिलमा हालसम्म अनमीसहित ८९ हजार भन्दा बढी नर्स भएपनि नर्सिङ संघमा हाल करिब १२ हजार नर्ससदस्य छन् । १५ सदस्यीय नेपाल नर्सिङ काउन्सिलमा हाल ८ जना मात्र पदाधिकारि छन् ।

    ८ महिनादेखि रिक्त रहेको ३ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । अन्य रिक्त सदस्य पद विभिन्न निकायबाट नियुक्त हुनुपर्नेमा पनि अझै हुन सकेको छैन । निर्वाचनका लागि काउन्सिलले सार्वजनिक गरेको सूची अनुसार १२ हजार ४१ जना मतदाता छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast