बुधबार, असोज २९, २०७६
    लाइफस्टाइल

    भूतको फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा !

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    एजेन्सी, २७ भदौ

    भूताहा वा हरर फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा हुने केही अध्ययनले देखाएका छन् । तर व्यक्तिको स्वास्थ्यस्थितिमा कतिसम्म डराउने कुरा निर्भर रहने पनि अध्ययनले देखाएको छ ।

    सन् २०१२ मा बेलायतमा वेस्टमिन्स्टर विश्वविद्यालयमा गरिएको एक अध्ययनमा १० विभिन्न व्यक्तिलाई भूताहा फिल्म हेर्न लगाइयो । त्यतिखेर उनीहरूको धडकनको चाल, कार्बन डाइअक्साइड आउटपुट र अक्सिजन इनपुटको निगरानी गरियो ।

    सबभन्दा धेरैपटक भूताहा फिल्म हेर्ने व्यक्ति धेरै डराएर उफ्रियो । यसो गर्दा उसले १८४ क्यालोरी डढायो । यो स्ट्रेसफुल स्टिम्युलाइका कारण हुन्छ जसले गर्दा एड्रेनलिन हर्मोन रिलिज हुन्छ । यसकारण मुटुको धडकन बढ्छ र शरीरबाट एनर्जी रिलिज हुन्छ । 

    स्ट्रेस जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, तर्साउने फिल्म हेर्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता सुध्रिन्छ । अध्ययनले यस्तो दाबी गरेपनि यसको सत्यापन हुन भने बाँकी छ । 

    शरीरमा नेगेटिभ स्टिम्युलाइ उत्पन्न हुँदा मानिसको मूडमा सुधार आउँछ । मानिस कम चिन्ता अनुभव गर्छन् र उनीहरू कम चिडचिडाउँछन् । 

    भूताहा फिल्म हेरेर नडराउने मानिसलाई चाहिँ यो फाइदा हुँदैन । 

    तर कमजोर दिल भएका मानिसले तर्साउने फिल्म हेर्नुहुँदैन । स्वास्थ्यको फाइदा हुने चक्करमा मुटुसँग खेलवाड गर्नुहुँदैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast