बुधबार, कार्तिक ६, २०७६
    शेयर बजार

    अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    बैंकक, २७ भदौ ।

    अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । 

    जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ ।  सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ । 

    शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ ।

    अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो । 

    अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करवृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो । तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast