मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    डेङ्गुका बिरामीलाई नर्भिकले दियाे ६ शैय्याको छुट्टै वार्ड

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २७ भदाै ।

    पछिल्लाे समय काठमाडाैं उपत्यकामा डेंगु रोगकाे सङ्क्रमण फैलिएका बेला नर्भिक इन्टरनेशनल हस्पिटलले डेंगुका बिरामीहरुलाई छुट्टै वार्डबाट सेवा दिने भएकाे छ । 

    हस्पिटलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डेंगुका बिरामीको चाप बढ्दो क्रममा रहेकाले विशेष उपचार व्यवस्थापनका लागि छुट्टै क्लिनिक र वार्डबाट सेवा व्यवस्था गरेको जनाएकाे छ ।

    उक्त वार्डमा छ शैय्याको व्यवस्था गरिएको छ । सहुलियतपूर्ण दरमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेंगु परीक्षण किट समेत उपलब्ध हुनेछ ।

    हस्पिटलमा हाल एक दर्जन भन्दा बढी डेंगुका बिरामीहरु उपचाररत रहेको हस्पिटल प्रसाशनले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast