सोमबार, कार्तिक ४, २०७६
    कला-सौन्दर्य

    भदौ अन्तिमबाट शुरू हुँदै नेपाल आइडल सिजन–३ को अडिसन

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २७ भदाै ।

    यही भदौको अन्तिमबाट नेपाल आइडल सिजन–३ को अडिसन शुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ ।

    पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ। विर्तामोडमा असोज १४ गते हुने अडिसन काठमाडौंमा कात्तिक २ गते हुनेछ । 

    १६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् । नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast