मंगलवार, कार्तिक ५, २०७६
    मुभी-थिएटर

    आजबाट एकसाथ प्रदर्शनमा चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २७ भदाै ।

    नेपाली चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’ शुक्रबारदेखि एकै साथ प्रदर्शनमा आएका छन् ।फ्राइडे रिलिज अन्तरगत आज बलिउड अभिनेतृ सन्नी लियाेनीले आइटम डान्स रहेकाे ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’ प्रदर्शनमा आएका हुन् ।

    ‘पासवर्ड’ सम्राट बस्नेतले निर्देशन गरेका हुन् भने हिरो नम्बर–१’ जयकिशन बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।

    हिरो नम्बर–१’ कमेडी चलचित्रमा जय किशन बस्नेत, जाहान्वी बस्नेत, एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौलालगायत कलाकारको भूमिका रहेको छ । 

    सन्नी लियोनीका कारण चर्चामा रहेको एक्सन प्रधान चलचित्र ‘पासवर्ड’मा ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । 

    दुबै चलचित्र पर्याप्त प्रचारप्रसार विना प्रदर्शनमा आएका हुन् । सन्नी लियोनीका कारण ‘पासर्वड’ चर्चामा रहेको छ । ‘पासर्वड’ले मल्टिप्लेक्समा राम्रो शो पाउँदा ‘हिरो नम्बर–१’ सिङ्गल स्क्रिनमामात्रै खुम्चिएको छ । 


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast