मंगलवार, जेष्ठ १३, २०७७
    आर्थिक खबर

    लगातार घट्दै सुनकाे भाउ, कति छ आज ?

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २७ भदाै । 

    केहि दिनदेखि लगातार घटेकाे सुनकाे मूल्य आज पनि घटेकाे छ । बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य २ सयले घटेकाे हाे ।

    हिजाे नेपाली बजारमा सुन प्रतिताेला ७० हजार ८ सयमा काराेबार भएकाे सुन आज प्रतिताेला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायि महासंघले जनाएकाे छ । 

    त्यसैगरी, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावालमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। बिहिबार छापावाल सुन प्रतितोला ७० हजार ८ सयमा र तेजाबी सुन ७० हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदी शुक्रवार । विहिवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।  

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast