सोमबार, असोज २७, २०७६
    यातायात

    विवादमा टुटल र पठाओ

    शुक्रबार, २७ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २७ भदौ । 
    सूचना प्रविधिको विकासले सार्वजनिक यातायातमा नयाँ नयाँ आयामहरू थपिरहेको छ। यसले विश्वलाई समेत ग्लोबल भिलेजमा रूपान्तरण गरेको अवस्थामा यसको प्रभाव काठमाडौंसम्म नहोला भन्ने अवस्था पक्कै छैन।

    केही समयदेखि मोबाइल एपको सहायताले मोटरसाइकल वा ट्याक्सीमार्फत आफ्नो गन्तव्य तय गर्न सकिने नयाँ आयामको विकास हुनु पक्कै पनि यसैको देन हो।

    त्यस्तो चर्चा काठमाडौंमा दिन प्रतिदिन बढ्ने नै भयो। मोबाइल एपको जमानासम्म आइपुग्दा युवा जमातले हरेक समस्यालाई समाधान गर्न एपकै सहायता लिन्छन्।

    काठमाडौंमा सार्वजनिक यातायातमा बढ्दो चाप र सवार गर्नै नसक्ने परिस्थितिको विकल्प अहिलेका युवापिँढीले यस्तै एपको सहायता लिइरहेका छन्।

    एक क्लिककै भरमा आफू बसेको स्थानसम्म मोटरसाइकलले लिन आउँदा को दंग पर्दैन होला? भच्र्युअल संसारमा रमाउन चाहने युवापिँढी यसमा नरमाउने त कुरै भएन।

    यस्तै एक क्लिककै भरमा मोबाइल एपमार्फत यातायात सुविधा दिने दुई एप टुटल र पठाओको चर्चा र लोकप्रियता बढ्दै गएको छ।

    टुटल र पठाओको विशेष गरी काठमाडौंमा निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हो।

    ट्याक्सीजस्तै गाडी र मोटरसाइकल चढ्न चाहनेले दूरीको हिसाबले एसमार्फत पैसा तिर्नुपर्ने हुन्छ। त्यसकारण यसलाई ‘राइड सेयरिङ प्ल्याटफर्म’का रूपमा समेत प्रस्तुत गरेको छ।

    यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्दछ। सहज यात्रा गर्न सकिने भन्दै बढी लोकप्रिय बढेको यो सेवामा भने पछिल्लो पटक विकृति बढेको भन्दै आएको आलोचनाबाट बाहिर उम्किन सकेको छैन।

    विश्वभरि नै यातायातमा आएको यस्ता सेवाभित्र देखिएका समस्या तथा विकृति अनगिन्ती छन्। देखिएका समस्या र विकृति समयमै नसुल्झिँदा आलोचना खेप्नुपरेको जानकारहरू बताउँछन्। टुटल एपमार्फत सेवाग्राहीले राम्रै सेवा लिए पनि विकृति भने हटिसकेको छैन।

    बेलाबेला समस्याका रूपमा आएको छ। मोटरसाइकल चालकले सेवाग्राही महिलालाई यौन दुव्र्यवहार गरेको, भनेको स्थानमा नलगेकोलगायतका विकृति बढेको बताइन्छ। चालकको व्यवहार ठीक नभएको जस्ता गुनासो पनि सुनिने गरेको छ।

    केही समयअघि मात्रै कालिमाटीकी एक किशोरीले टंगालबाट कालिमाटी आउन पठाओ एपमार्फत मोटरसाइकलको अफर गरिन्।

    एक किशोर केही क्षणमै उनलाई लिन आइपुगे। त्यसपछि हुइँकिएको मोटरसाइकलले ५० मिटर दूरी पार गर्न नपाउँदै दुर्घटनामा परे।

    किशोरीका बुबा धमेन्द्रकाजी श्रेष्ठले तीव्र गतिकै कारण छोरीको दुर्घटना भई हात भाँचिएको बताउनुभयो।

    ‘अल्लारे युवाहरू तीव्र गतिमा हुइँकिने बानी खतरा हो। यो पठाओ सेवाका लागि विकृति पनि हो।’ –उहाँले भन्नुभयो।

    छोरी पठाओ सेवाको मोटरसाइकलमा दुर्घटना पर्दा आफ्नो गल्ती नभएको भन्दै खर्च गर्न नसक्ने भनेकाले यसको जिम्मेवारी कसको भन्दै उहाँले प्रश्न गर्नुभयो।

    यस्ता विकृति दोहोरिरहने भन्दै यसको वैधानिकता, भरपर्दाे, परिपक्व र विश्वासिलो पाटोको विषयमा सेवाग्राहीले हेर्नुपर्ने उहाँको सुझाव छ।

    त्यस्तै विश्वव्यापी रूपमा लोकप्रिय बनेको उबर एप पनि यस्तै आलोचनाबाट अछुतो छैन। उबर ६५ देशको ६ सय बढी शहरमा लोकप्रिय छ।

    यसले दैनिक १ करोड ४० लाख सेवाग्राहीले सेवा लिन्छन्। यसले भने ट्याक्सी सेवा सञ्चालन गर्दै आएको छ।

    चाहिनेभन्दा बढी रकम लिएर हप्तौंसम्म पनि फिर्ता नगरेर उबर कम्पनीले दिक्क पारिरहेको छ। साइबर संसारका निर्देशक दिपांकर कसजु टेक्सासमा रहनुहुन्छ।

    उहाँ डालसको इन्भोइ कोर्टदेखि फाउन्टेन कोर्ट, मक्किन्ने जाँदा उबरले आफ्नो क्रेडिट कार्डबाट ८ हजार ९ सय २६ दशमलव २६ डलर काटिएको बताउनुहुन्छ।

    सेप्टेम्बर ६ तारिखमा उहाँले यात्रा गर्दा यति धेरै रकम आफ्नो कार्डमार्फत काट्दा अचम्म र त्यसपछि सात दिनसम्म पनि समस्या सुनाउँदा तपाईंको समस्या सुनियो हामी चाँडै सम्पर्क गर्छौँ भन्ने अटो प्रतिक्रिया आउने तर समस्या नसुल्झिएको उहाँले बताउनुभयो।

    यसबाट आफू तनावमा परेको उहाँले बताउनुभायो। ‘३१ दशमलव ६ माइल ३१ मिनेटमा यात्रा गर्दा जहिल्यै ३० देखि ४५ डलर पर्ने भाडामा त्यस दिन अत्यासलाग्दो गरी भाडास्वरूप रकम घट्दा अचम्म र तनाव भइरहेको छ।’ –उहाँले भन्नुभयो।

    यस्ता खाले अनेक समस्या आइरहने यस्तो सेवामा बुझेर र नबुझेर नयाँ पिँढीको लोकप्रियता भइरहेको छ। यस्ता विविध समस्याका आयामहरूलाई हेरेर व्यवस्थित रूपमा सञ्चालनमा ल्याउँदा भने वरदान सावित नै हुनेछ नत्र अभिसापबाहेक देखिँदैन।

    नेपालको कानुनअनुसार यस्तो सेवा गैरकानुनी नै हो। यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोजनका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई ‘निजी सवारी’ भनेर व्याख्या गरिएको छ।

    उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइनेछैन’ भनी स्पष्ट उल्लेख गरिएको छ।

    नेपालको यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारीसाधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

    तर पनि यहाँ यस्तो व्यवस्थाको न परिमार्जन गर्न सोचिएको छ न त यस्ता सेवाको व्यवस्थापन नै।

    केही समयअघि ट्राफिक प्रहरी महाशाखाले यसरी सेवा दिन नपाउने भन्दै रोक लगाए पनि तीव्र दबाबका कारण पुनः सञ्चालनमा आयो।

    यस बीचमा यातायात व्यवस्था विभागले ऐन परिमार्जन गर्न सोच राखे पनि केही प्रगति हुन नसकेको जनाएको छ।

    विभागका निर्देशक बन्दुप्रसाद बास्तोलाले टुटल र पठाओजस्ता यातायात सेवाको व्यवस्थापन गर्न ऐन संशोधनको प्रक्रिया शुरू नभएको बताउनुभयो। नेपाल समाचारपत्रबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast