शुक्रबार, कार्तिक २९, २०७६
    सावधान

    फरार अभियुक्त २१ वर्षपछि पक्राउ

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    सुर्खेत, २६ भदौ

    महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ ।

    सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई यपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो । सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार रहँदै आएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast