सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    नेपाली रूपैया २० र ५० का नयाँ नाेट प्रचलनमा

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २६ भदाै ।

    नेपाली रूपैया २० र ५० का नयाँ नाेट प्रचलनमा आएका छन् । बिहिबार नेपाल राष्ट्र बैंकले रुपैयाँ २० र रुपैयाँ ५० दरको नयाँ सिरिजको नोट प्रचलनमा ल्याएको हाे। 

    राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२’ र पृष्ठभागमा  ‘२०१६ एडी’ लेखिएका संकेत नंम्बर ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९९ सम्मका नोट निस्कासित गरेको हो। 

    त्यसैगरी ५० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२‘ तथा पृष्ठभागमा ‘२०१५ एडी’ लेखिएका संकेत नं ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट निस्कासित भएका छन्। नोटको सिरिज नयाँ भए पनि डिजाइन भने पुरानै हुने राष्ट्र बैंकले जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast