शनिबार, कार्तिक ३०, २०७६
    शेयर बजार

    यो साता नेप्सेमा ३३ अंककाे गिरावट

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, २६ भदाै ।

    निरन्तर ओरालो लागेकाे सेयर बजार आज पनि ५.५३ अंकले घटेकाे छ । नेप्से साताको पहिलो दिन आइतबार १२.६१ अंक, सोमबार ९.५४ अंक, मंगलबार २.२४ अंक र बुधबार ३.४६ अंकले ओरालो लागेको थियो।

    यो साता नेप्से ३३.३८ अंकले घटेको छ। निरन्तर ओरालो लागेर नेप्से ११५७.८८ अंकमा आइपुगेको छ। सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको उपसूचक ३४.२५ अंक, होटल समूहको उपसूचक २४.५३ अंक, जीवन बिमा समूहको उपसूचक ३३.८६ र ७५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बैंक समूहको उपसूचक २.७९ अंकले घटेको छ।

    बिहीबार ११ वटै समूहको उपसूचक घट्न पुग्यो। उक्त दिन ३७ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त दिन लक्ष्मी बैंकको संस्थापक सेयर सबैभन्दा बढी ४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    दोस्रो बढी रकमको सेयरको कारोबार एनआइसी एसिया बैंकको भएको छ। उक्त बैंकको ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुनेमा कुमारी बैंकको सेयर छ। उक्त बैंकको २ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast