सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    सरकारले भाेजपुर भिडन्तमा मारिएका सञ्जिव राईलाई शहीद घोषणा गर्ने

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, २६ भदाै ।

    भोजपुरमा प्रहरी र विप्लवको भिडन्तमा मारिएका सञ्जिव राईलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ।

    बिहीबार नियमित आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्जीव राईलाई शहीद घोषणाका साथै उनको परिवारलाई १० लाख दिने निर्णय गरेको बताए।

    गत असार २५ गते भोजपुर जिल्लाको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast