सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    रवि लामिछानेका वकिल नै नआएपछि सुनुवाई स्थगित

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, २६ भदाै ।

    कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज भदौ २६ गते हुने भनिएको सुनुवाई स्थगित भएको छ । लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आज भदौ २६ गते देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भनेपछि पेशी स्थगित भएको प्रवक्ता अमृत घिमिरेले बताए ।

    न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको छ । उनीहरू उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका थिए ।

    पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदन माथि आज सुनुवाई हुने जनाइएको थियो ।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

    गत मंगलबार उक्त रिट माथि भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएका थिए । यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास भदौ १८ गते पुगेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast