मंगलवार, भाद्र ३१, २०७६
    राज्य-समाज

    डेंगु जोखिम

    अमेरिकाले जारी गर्याे ‘ट्राभल नोटिस’ : नेपाल लगायत देशमा खतरामा !!

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २६ भदौ । 

    डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ ।

    अमेरिकाले आफ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सूचित गराएको छ । 

    हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत गराएको छ ।

    नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया,डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast