आईतवार, असोज ५, २०७६
    कला-सौन्दर्य

    जिग्री र पाँडेको नयाँ सिरियल ‘सक्किगोनि’को प्रोमो सार्वजनिक (भिडियो)

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २६ भदौ । 

    मिडिया हबसँगको विवादपछि 'भद्रगोल'बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । 

    भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडे टिमको नयाँ सिरियल सक्किगोनि’को प्रोमो सार्वजनिक भएको छ । 

    सार्वजनिक प्रोमोमा पाँडे ,जयन्ते र धतुरेको रमाइलो लडाई देखाइएको छ । अन्तमा प्रहरी आएपनि ३ जना भागेका छन् ।

    भद्रगोलबाट बाहिरिएका २१ जनाको टिमले नयाँ सिरियलको नाम जुराउदै प्रोमो समेत सार्वजनिक गरेका हुन् । यो सिरियल असोज २ गतेबाट नेपाल टेलिभिजनबाटै विहीबार ८.५० बजेबाट प्रसारण हुदैछ । तर अहिले नयाँ सिरियल ‘सक्किगोनि’ मा २ जना कलाकार थपिएका छन् । यसअघि भद्रगोल छोडेर बसेको बरिष्ठेको नामबाट चर्चित कलाकार शकंर आचार्य र धतुरे नामबाट चर्चित पात्र सि पि पुडासैनी फेरी देखिदैछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast