मंगलवार, भाद्र ३१, २०७६
    राज्य-समाज

    न्यून चापीय रेखा भारतबाट नेपालतर्फ सर्दै, पानी पर्नेक्रम बढ्ने

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २६ भदौ ।

    पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको महाशाखाका मौसमविद्ले जानकारी दिएका छन् ।

    केही स्थानमा सामान्य वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रधानांगका अनुसार न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल तर्फ अघि वढ्दैछ ।

    बुधबार काठमाडौँ उपत्यकामा १३ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । आज पनि दिउँसोपख काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ ।

    देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast