बुधबार, कार्तिक २७, २०७६
    ओएमजी Omg!

    पब्जी खेल्न मोबाइल नदिएको भन्दै आफ्नै बुवाको घाँटी रेटी हत्या

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    नयाँ दिल्ली, २६ भदाै । 

    पब्जी खेल्न नदिएकाे भन्दै एक युवकले आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटी हत्या गरेका हुन् ।

    रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो ।  बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई पब्जीको लत रहेकोले उनी आफ्ना बाबुले मोबाइल चार्ज गरे हुन्थ्यो भन्ने चाहन्थे ताकि गेम खेल्न सकियोस् ।

    यो विषयलाई लिएर बाबु छोराको सो दिन झगडासमेत भएको थियो । त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरेको थियो । लगत्तै उसले आफ्नो बाबुको हत्या गरेको थियो । सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्किन् । छिमेकीले प्रहरीलाई बोलाए । रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ । 

    युवकका पिता शेखरप्पा प्रहरी विभागका अवकाश प्राप्त कर्मचारी हुन् । उनले सो घटनाको एक दिनअघि आफ्नो छोराको लतको बारेमा प्रहरीलाई सूचना दिएका थिए ।  प्रहरीलाई उनले आफ्नो छोराले घरमा ढुंगा फ्याक्ने गरेको समेत बताएका थिए ।  सो विषयलाई लिएर शेखरप्पा प्रहरी स्टेशनमा जानुपरेको थियो ।

    रघुबीरमाथि मोबाइल गेम खेल्न नदिँदा गर्दा घरमा ढुंगा प्रहार गर्ने गरेको आरोप पहिला नै लागेको थियो । यस प्रकारको व्यवहारले रघुबीरको मानसिक अवस्थाको अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast