बुधबार, असोज १, २०७६
    बिदेश

    चीन-अमेरिका व्यापार वार्ताकाे शुभ संकेत, चीनले दियाे १६ अमेरिकी सामाग्रीमा कर छुट

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    बेइजिङ्ग, २६ भदाै ।

    चीनले अमेरिकाबाट आउने सामग्रीको आयातमा शुल्क नलगाउने भएकाे छ ।चीनले अमेरिकाबाट आयात हुने विभिन्न १६ वटा सामग्रीको आयातमा शुल्क नलगाइने भन्दै सूची जारी गरेको हाे । 

    सो सूचीमा क्यान्सर विरुद्धका औषधी र एनीमल फिडलगायतका सामग्रीसमेत रहेको जनाइएको छ । यद्यपि ५ हजार भन्दा बढी अमेरिकी उत्पादन भने अझै चीनको कर लगाइने सूचीमा रहेका छन् । 

    अमेरिकासँगको वार्ताको अगाडि चीनले यसलाई सकारात्मक सन्देश दिएको हुन सक्ने विश्लेषकहरुकाे भनाइ छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रशंंसा गर्दै यो संकेतले दुई देशबीचको आगामी व्यापार वार्ता सकारात्मक हुने अपेक्षा गरेका छन् । 

    प्रारम्भिक चरणको वार्ता यो महिनाको अन्त्यमा वाशिङटनमा हुने कार्यक्रम रहेको छ । त्यसभन्दा अघि अमेरिकी अधिकारीहरुले चीनका उपप्रधानमन्त्री लिउ हिलाई आउँदो अक्टोबरमा बेइजिङ्गमा भेट्ने छन् । अमेरिकी राष्ट्रपतिले भनेका छन्, ‘उनीहरुले गएको राति केही राम्रा निर्णय गरेका छन् । मलाई लाग्छ उनीहरुले राम्रो काम गरेका छन् ।’

     

    यद्यपि अझैपनि अमेरिकाबाट चीन आउने सुँगुरको मासु, भटमास र अमेरिकामा निर्मित कार लगायतका सामानमा ठूलो परिमाणमा कर लगाइएको छ । 

    विश्वका सबैभन्दा ठूला यी दुई अर्थतन्त्रबीच लामो समय देखि व्यापार युद्धको अवस्था रहेको छ । त्यसले दुवै देशलाई असर पर्नुका साथै अन्य देशमा पनि त्यसको असर पर्न थालिसकेको छ । अमेरिकाले पनि ३६० बिलियन डलर भन्दा बढीका चिनियाँ उत्पादनमा कर लगाएको छ भने बदलामा चीनले पनि ११० बिलियन डलर बराबरका अमेरिकी उत्पादनमा कर लगाएको छ । ९बीबीसी०

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast