बुधबार, असोज १, २०७६
    स्वास्थ्य

    यौन सम्पर्क गर्दा कर्मचारीको ज्यान गएपछि कम्पनीले नै क्षर्तिपूर्ति दिनुपर्ने फैसला

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २६ भदौ । 
    रोजगारदाता आफ्नो कर्मचारीको सुरक्षामा कतिसम्म संवेदनशील हुनुपर्छ ? फ्रान्सको एक अदालतले बुधबार गरेको एक फैसलाले यतिखेर धेरैको मनमा यो प्रश्न उब्ज्याइदिएको छ । व्यवसायिक भ्रमणमा गएका आफ्ना एक कर्मचारी होटलमा यौन सम्पर्क गर्दागर्दै मृत्यु भएपछि त्यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने भन्दै अदालतले उनका परिवारलाई कम्पनीले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । 

     

    पेरिसस्थित अदालतले ती व्यक्तीको मृत्यु व्यवसायिक काममा जाँदा भएकाले कम्पनीले दायित्व वहन गर्नुपर्ने फैसला गरेको हो ।सन् २०१३ मा भएको उक्त घटना अदालतमा पुगेपछि कम्पनीले यसमा आफ्नो जिम्मेवारी हुन नसक्ने दाबी गर्दै आएको थियो । ती कर्मचारीलाई यौन सम्पर्कका लागि नभई व्यसायिक कामका लागि पठाएको हुनाले क्षतिपूर्ति तिर्नुपर्ने प्रश्नै उठ्न नसक्ने कम्पनीको दाबी थियो ।

    तर, अदालतले भने कुनै पनि कर्मचारी व्यवसायिक प्रयोजनका लागि बाहिर जाँदा दुर्घटनामा परे त्यसको जिम्मेवारी कम्पनीको हुने फ्रान्सेली कानून भएकाले उक्त घटनामा पनि त्यो लागू हुने फैसला गरेको छ ।

    जेभियर एक्स नामक गरेका ती व्यक्ति पेरिसस्थित टीएसओ नामक एक रेलवे सर्भिस कम्पनीमा इन्जिनियर थिए ।उनी मध्य फ्रान्सको एक सहरमा कम्पनीको कामले गएका बेला होटलमा एक युवतीसँगको समागमका क्रममा हृदयघातको शिकार हुन पुग्दा उनको ज्यानै गएको थियो ।

    बिमा कम्पनीले ती इन्जिनियरको मृत्यु कामको शिलशिलामा भएकाले कम्पनीले नै क्षतिपूर्ति तिर्न पर्ने जिकिर गरेपछि मुद्दा अदालतमा पुगेको थियो । आफूले नअह्राएको काममा कुनै हालतमा पनि जिम्मेवारी लिन नसकिने दाबी कम्पतीको थियो जसलाई अदालतले अस्वीकार गरिदिएको छ ।

    यौन मानिसका लागि ‘नुहाउने र खाना खाने जस्तै सामान्य’ भएकाले यसमा रोजगारदाता अन्यथा भनेर फुत्किन नपाउने विमा कम्पनीको दलिल थियो जसलाई अदालतले ठिक हो भन्दै रोजगारदाताले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला मुद्दा परेको ६ वर्षपछि सुनाएको हो । कान्तिपुरबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast