बुधबार, असोज १, २०७६
    यातायात

    अबिरल वर्षाका कारण रसुवाको पासाङ ल्हामु राजमार्ग बन्द

    बुधबार, २५ भाद्र २०७६, आहाखबर
    रसुवा, २५ भदौ
     
    रसुवाको पासाङ ल्हामु राजमार्ग मंगलबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अबिरल वर्षाका कारण आज साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको हो ।
                   
    सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
                   
    राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान रहेको छ । राजमार्ग पूर्णरूपमा बन्द हुँदा एकातिर काठमाडौँ–रसुवाको सिधा यातायात सम्पर्क टुटेको छ । 
     
    पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करीब १५ किमी दक्षिणमा रहेको छ । काठमाडौँैबाट रसुवा आउने सवारीसाधनलाई कालिकास्थानमा र रसुवागढीबाट काठमाडौँ जाने सवारीसाधनलाई धुञ्चेमा रोकिएको ट्राफिक प्रहरीले बताएको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast