बिहिवार, असोज ३०, २०७६
    पर्यटन समाचार

    पर्यटकका लागि ७ सय ७७ सिँढी निर्माण, आर्कषण झनै बढ्ने आकाङ्क्षा

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    दैलेख, २५ भदौ

    दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ । 

    कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण गरिएको छ भने ९८१ मिटर पदमार्ग निर्माण गरिएको छ । 

    उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गका लागि डिभिजन वन कार्यालय दैलेखमार्फत रु १८ लाख ४४ हजार ८०० रकम विनियोजन गरिएको थियो । उपभोक्ता समितिको जनश्रमदान रु चार लाख ६५ हजार ५०० गरेर कूल २३ लाख १० हजारमा उक्त पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले जानकारी दिनुभएको छ । 

    पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदलयात्रा गरेर दमौडा पुग्ने पर्यटक र यात्रुलाई कालीकोटको सिमानासम्म पुग्न धेरै सहज भएको छ । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने शिव महावुधाममा पुगेर फर्कने यात्रुका लागि पदमार्गले निकै सहज बनाएको अनुगमन समिति संयोजक पदमा योगीले जानकारी दिनुभएको छ् । 

    महावै गाउँपालिका र महावु गाउँपालिकाका स्थानीय सरकारले महत्वपूर्ण पर्यटकीयस्थल महावुमा पर्यटकको वासस्थान, फोटो खिच्नका लागि भ्यू टावर, पानी र शौचालयको बन्दोबस्त गर्न सके पर्यटकको आर्कषण झनै बढ्ने योगीको भनाइ छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast