काठमाडौँ, २५ भदौ
नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्वाचित हुनुभएको छ ।
सङ्घको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा पुनःनिर्वाचित हुनुभएको हो । त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शङ्कर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुुनभएको छ ।
यसैगरी महासचिवमा धर्मराज वर्तौला, सदस्यमा क्रमशः सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल (जाजोदिया), बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे निर्वाचित हुनुभएको छ । सङ्घको सदस्यमा योगेश पौडेल र अमित अग्रवाल मनोनीत हुनुभएको छ । अधिवेशनको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो ।
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।