बिहिवार, असोज ३०, २०७६
    राज्य-समाज

    नेकपाले उप–निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी दियो महासचिव पौडेललाई

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २५ भदौ 

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा उप–निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मा महासचिव बिष्णु पौडेललाई दिने निर्णय गरेको छ ।

    बुधबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिएको हो ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा पार्टी एकताका बाँकी कामबारे कुनै पनि छलफल भएन ।

    सिंगापुरमा दुई साता लामो उपचार गरेर फर्किएको पाँचौँ दिनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका थिए । यही भदौ ५ गते ओलीले पार्टीको निर्णय अधिकार अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई सुम्पिएर गएपछि दाहालले एक पटक मात्रै भदौ ९ गते आफ्नो एकल अध्यक्षतामा बैठक सम्पन्न गर्ने मौका पाएका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast