बुधबार, असोज १, २०७६
    राज्य-समाज

    विप्लवका छोरा प्रकाशसहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २५ भदौ ।

    चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ ।

    नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।

    उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

    चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए ।

    उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि प्रहरील पक्राउ गरेकाे छ ।

    अस्पतालभित्र पसेर सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

    झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast