बुधबार, असोज १, २०७६
    खेल संसार

    विश्वकप फुटबल छनोट : नेपालद्वारा चाइनिज ताइपेई २–० गोलअन्तरले पराजित

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ

    विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो । 

    ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए । यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast