बुधबार, असोज १, २०७६
    आर्थिक खबर

    प्रधानसेनापतिकाे सम्पत्ति : ५५ ताेला सुनसहित.. (विवरणसहित)

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ । 

    नेपाली सेनाका बहालवाला प्रधानसेनापतिले पहिलोपटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

    उनको सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमा पनि हेर्न सकिन्छ । 

    चल सम्पत्तितर्फ प्रधानसेनापति थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी र हिराको हार र औँठी रहेको छ । बैंक तथा वित्तीय संस्थामा समेत प्रधानसेनापति थापाको इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८ रुपैयाँ, अमेरिकी डलर ५ हजार ९ सय ७०, मेगा बैंकमा ५० हजार (श्रीमतीको नाममा) र ग्लोबल आईएमईमा ४२ हजार २ सय ९३ रुपैयाँ रहेको खुलेको छ ।

    विवरणअनुसार थापाको काठमाडौं महानगर २६ नं. वडामा ४१६ कित्तामा ८ आना ३ पैसा २ दाम जग्गा रहेको छ । त्यस्तै, लमजुङको बेसिसहर नगर ४ मा १२ रोपनी जग्गा पैतृक सम्पत्तिबाट प्राप्त गरेको विवरणमा जनाइएको छ ।

    थापाको श्रीमती दिपा थापाको काठमाडौं महानगर २६ वडामा २ आना जग्गा माइतीबाट प्राप्त भएको देखिएको छ । त्यस्तै थापा दम्पतीको नाममा उपत्यकामा ४ रोपनी ११ आना रहेको समेत खुलेको छ । नवलपरासीमा दम्पतीको १२ आना जग्गा र लमजुङमा छोरी रुरु थापाको नाममा १ रोपनी जग्गा रहेको देखिएको छ ।

    थप विवरण :

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast