शुक्रबार, मंसिर २०, २०७६
    आर्थिक खबर

    सुनको मूल्य घट्यो, मंगलबार १ तोलाको ७१ हजारमा कारोबार

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ ।

    मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा प्रति तोला सुनको मूल्यमा सात सय रुपैयाँले  कमी आएको हो।

    सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ। प्रति तोला चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । चाँदी तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदिको मूल्य आठ सय ८० रुपैयाँ कायम रहेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast